घलेलमा ल्होछार उत्सव जारी, आज ६ खेल सम्पन्न
पाेखरा | पुस २०, २०८१
पोखराः कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा २६ औं घलेल ल्होछार उत्सव जारी छ ।
बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी गत १५ देखि जारी उत्सवमा खुल्ला पुरुष भलिबलतर्फ पहिलो चरणको ६ खेल सम्पन्न भएको छ ।
आज भएको पहिलो खेलमा भुर्जुङखोलाले जनजागरण घाचोकलाई २–१ को सेटमा पराजित गर्यो ।
दोस्रो खेलमा ठुलाखेतले छोम्रोङलाई २–१ को सेट, तेस्रो खेलमा बाँझोखेतले तोल्कालाई २–० को सेट, चौथो खेलमा धम्पुस लेक कुनाले खादरजुङलाई २–० को सेटमा पराजित गर्यो।
पाचौं खेलमा ठाँटीले मिर्सालाई २–० को सेटमा र छैठौ खेलमा कुईबाङले डाँडागाउँलाई २–१ को सेटमा पराजित गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।
उनका अनुसार भोलिपनि पहिलो चरणका खेलहरु सञ्चालन हुनेछन् ।
यस्तै महिला भलिबलतर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुर र हर्स राइडर समूह छोम्रोङ फाइनलमा प्रवेश गरेको क्लबका सचिव अमृत गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रौढतर्फ युनाइटेड किङ्स क्लब र छारमेन्दो तक्रो फाइनलमा प्रवश गरिसकेको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

